प्रेस सङ्गठनको माग - श्रमजीवीलाई वृद्धि भएको पारिश्रमिक देऊ
गोरखापत्र अनलाइन ,
पुष १३, २०७६ आईतवार
प्रेस सङ्गठन नेपालको प्रथम राष्ट्रिय भेलाले श्रमजीवी पत्रकार ऐनअनुरुप वृद्धि भएको न्यूनतम पारिश्रमिक तत्काल उपलब्ध गराउन मागसहित १४ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ ।
अझै पनि अधिकांश सञ्चारमाध्यमले उपलब्ध नगराएकामा ध्यानाकर्षण जनाउँदै सङ्गठनका संयोजक महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेतले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता पक्षमा दृढतापूर्वक उभिँदै...