सीमा समस्याको समाधान कुटनीतिक माध्यमबाटै हुन्छ मन्त्री ज्ञवाली
गोरखापत्र अनलाइन ,
पुष ११, २०७६ शुक्रबार
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पछिल्लो समय नेपाल र भारतबीच देखिएको सीमा बिवाद समाधान गर्न कुटनैतिक तबरबाट प्रक्रिया अगाडि बढेको बताउनुभएको छ ।
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं ६ हरेवामा मदनआश्रीत स्मृति भबनको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले लिपुलेक, लिम्पीयाधुरा र कालापानीको सीमा बिबाद कुटनीतिक तबरबाट समाधान गर्नका लागि अगाडि बढेको बताउनुभयो ।