बन्ने भयो जोरपाटी–सुन्दरीजल सडक
गोरखापत्र अनलाइन ,
मंसिर २२, २०७६ आईतवार
प्राविधिक, सामाजिक तथा कानुनी कारणले सङ्कटमा जेलिएको जोरपाटीबाट सुन्दरीजल जाने सडक बन्ने भएको छ । लामो समय धुलो र हिलोले सरकारकै आलोचना हुने मुख्य एजेन्डाजस्तै बनेको यो सडक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विशेष चासो लिएपछि सडक बन्न लागेको हो । त्यसका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले स्थानीयवासी सहभागी गराई विशेष पहल गर्नुभएको छ ।