स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथितिको अन्त्य गरिन्छ - मन्त्री ढकाल
रासस
मंसिर १७, २०७६ मंगलवार
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अब स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथिति अन्त्य गरिने बताउनुभएको छ । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले आयोजना गरेको विश्व अपाङ्गता दिवस कार्यक्रममा बोल्दै उहाँले स्वास्थ्य क्षेत्रको बेथिति अब नरहने बताउनुभएको हो ।