चीनको सहयोगमा स्थापना भएको उद्योग अलपत्र
गोरखापत्र अनलाइन ,
कार्तिक ३, २०७६ आईतवार
चीन सरकारको सहयोगमा स्थापना भएको हेटौँडा औद्योगिक क्षेत्रस्थित हेटौँडा कपडा उद्योग लिमिटेड झन्डै दुई दशकदेखि बन्द छ । आन्तरिकसँगै आयातित कपडासँग प्रतिस्पर्धा गर्न नसकेर लगातार घाटामा गएपछि उद्योग बन्द गर्ने निर्णयमा तत्कालीन सरकार पुगेको थियो ।