सल्यानमा विपत व्यवस्थापन तालिम
गोरखापत्र अनलाइन ,
कार्तिक १, २०७६ शुक्रबार
शारदा नगरपालिका सल्यानले जनप्रतिनिधिका लागि विपद व्यवस्थापन तालिम सम्पन्न गरेको छ । नेपाली सेनाको सवुज गण सल्यानको सहजिकरणमा नगरपालिका भित्रका १५ वटै वडाका जनप्रतिनिधिको सहभागितामा आयोजना भएको तालिममा प्राकृतिक विपद व्यवस्थापन र त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिलाई सामना गर्न मानवीय रुपमा गर्ने व्यवहारका बारेमा जानकारी गराइएको थियो ।