कर्मचारीसँग कार्यसम्पादन सम्झौता, बढुवासँग जोड्न सुझाव
गोरखापत्र अनलाइन ,
आश्विन १७, २०७६ शुक्रबार
प्रशासन विज्ञहरूले कर्मचारीसँग गरिने कार्यसम्पादन करार सम्झौतालाई नतिजामुखी बनाउन कर्मचारीको बढुवा प्रणालीसँग जोड्नुपर्ने औँल्याउनुभएको छ ।
कर्मचारीको कामले समग्र सरकारको काम झल्काउने हुँदा सम्झौता कर्मचारीको सेवासुविधासँग जोड्नुपर्ने उहाँहरूको तर्क छ । कामलाई नतिजामुखी बनाउनका लागि प्रधानमन्त्रीले सबै मन्त्रीसँग, मन्त्रीले सचिवसँग, सचिवले सहसचिव हुँदै क्रमशः तल्लो तहका कर्मचारीसँग यस्तो सम्झौता गरिएको...