काँग्रेस लोकतान्त्रिक आन्दोलनको बाहक हो : सहमहामन्त्री डा. महत
रासस
मंसिर २४, २०७८ शुक्रबार
नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले काँग्रेस लोकतान्त्रिक आन्दोलनको बाहक भएको बताउनुभएको छ । पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै डा. महतले लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गर्नका लागि काँग्रेसले अग्रसरता लिनुपर्ने बताउनुभएको हो । “लोकतान्त्रिक मूल्य मान्यतालाई कांग्रेसले जीवनपद्धतीका रुपमा अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो ।