खेल क्षेत्रले राष्ट्रियता बलियो बनाउँछः नेता पोखरेल
गोरखापत्र अनलाइन
मंसिर ५, २०७८ आईतवार
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेपाल खेल पूर्वाधारको क्षेत्रमा अझै कमजोर रहेकाले त्यसमा लगानी बढाउन आवश्यक रहेको बताउनुभएको छ । एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघ (नेकोसं) को आयोजनामा आइतबार यहाँ आयोजित खेल नीति सम्मेलनमा नेता पोखरेलले सो कुरा बताउनुभएको हो ।