कालापानी क्षेत्रकाे गणनाबारे स्थानीयस्तरमा अन्याेल, विकल्प सोच्दै विभाग
छेटु शेर्पा
कार्तिक २६, २०७८ शुक्रबार
बिहीबारदेखि राष्ट्रिय जनगणना २०७८ शुरु भएपनि लिपुलेक र लिम्पियाधुराको जनगणना अन्येलमै छ । देशभर कार्यक्रम शुरु भए पनि दार्चुलाको व्यास गाउँपालिका– १ बडाका गुन्जी, कुटी र नाभि गाउँका करिब ३२० परिवारका एक हजार जनाको गणना अन्येलमा परेको छ ।