logo
२०८१ बैशाख १९ बुधवार

  राष्ट्रिय जनगणना २०७८  



कालापानी क्षेत्रकाे गणनाबारे स्थानीयस्तरमा अन्याेल, विकल्प सोच्दै विभाग

राष्ट्रिय |


कालापानी क्षेत्रकाे  गणनाबारे स्थानीयस्तरमा अन्याेल, विकल्प सोच्दै विभाग



काठमाडौं, कात्तिक २६ गते । बिहीबारदेखि राष्ट्रिय जनगणना २०७८ शुरु भए पनि लिपुलेक र लिम्पियाधुराको जनगणना अन्याेलमै छ । देशभर कार्यक्रम शुरु भए पनि दार्चुलाको व्यास गाउँपालिका– १ बडाका गुन्जी, कुटी र नाभि गाउँका करिब ३२० परिवारका एक हजार जनाको गणना अन्याेलमा परेको छ ।

सरकारले कात्तिक २५ गतेबाट शुरु गरेर १५ दिन पछि मङ्सिर ९ गते कार्यक्रम सम्पन्न गर्ने तालिका छ । मित्रराष्ट्र भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने केन्द्रीय तथ्याङ्क विभागले तयारी गरे पनि भारत सरकारको असहमतिछि कार्यक्रम प्रभावित बनेको थियो । यता जनगणना गराउने विषयमा माथिल्लो निकायमा छलफल शुरु भएको र विभाग भूउपग्रहको सहयोगबाट पनि वैकल्पिक विधि अपनाउने सोच राखेको विभागका निर्देशक तथा तथ्याङक शाखा प्रमुख ढुण्डिराज लामिछानेले बताउनुभयो । हामी स्थानीय सरकार र स्थानीय प्रशासनसँग समन्व्य गरेका छौं समयतालिका अनुसार गणना सम्पन्न गर्नेछाैं उहाँले बताउनुभयो ।

यता जिल्ला प्रशासन कार्यालय दार्चुलालाई भने केन्द्रीय तथ्याङ्क विभागले कार्यालयमा कुनै पनि जानकारी र समन्वय नगरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भटट् जोशीले जानकारी दिनुभयो । कसरी, कुन विधि र प्रक्रियाबाट जनगणना गर्छ भन्नेमा कुनै निश्चित छैन त्यसैले त्यस क्षेत्र अन्याेलमै भएको उहाँले बताउनुभयो ।

भारतको सिमाना जोडिएको नेपालको भूमि लिपुलेक र लिम्पियाधुरालाई विभागले कूूटनीतिक माध्यमबाट भारत सरकारसँग समन्वय गर्दै आएको जनाएको छ, जनगणना गर्नसकिने वातावरण बन्न नसके भूउपग्रहको माध्यमबाट सो क्षेत्रमा घरको गणना गर्ने र एउटा घरमा औसत रूपमा बसोबास गर्ने परिवारको सङ्ख्यालाई आधार मानेर तथ्याङ्क निकालिने तयारी विभागले गरेको छ ।
विभागले सातवटै प्रदेश कार्यालय, ८७ वटा जिल्ला जनगणना कार्यालय र ३५० वटा स्थानीय जनगणना कार्यालय सञ्चालन गरेर जनगणनाका लागि देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना गणक कार्यक्षेत्रमा खटिएका छन् । जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?