निर्वाचनमा राजनीतिक मुद्दा पहिलो प्राथमिकता – प्रचण्ड
गोरखापत्र अनलाइन
फाल्गुन २९, २०७८ आइतवार
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी निर्वाचनमा गठबन्धन गर्ने कुरा पहिलो प्राथमिकता हुन नसक्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल, प्रदेश १ ले आइतबार विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले आफ्नै जनाधारलाई बलियो बनाउँदै एक्लै चुनाव जित्ने तयारी गरिरहेको बताउनुभएको हो ।