न्यायिक सुधार गर्न कार्यदल गठन
रासस
फाल्गुन २६, २०७८ बिहीबार
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संविधानको भावनाअनुरुप न्याय सम्पादन छिटो, छरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायी बनाउने उद्देश्यले न्यायिक सुधार गर्न कार्यदल गठन गरेको छ ।
मन्त्रालयले नयाँ कानुन निर्माण गर्नुपर्ने वा विद्यमान न्याय प्रशासनसँग सम्बन्धित कानुन संशोधन गर्नुपर्ने भए सो समेतको मस्यौदासहितको अध्ययन प्रतिवेदन १० दिनभित्र पेश गर्ने मन्त्रालयका सहसचिवको संयोजकत्वमा...