काष्ठमण्डप निर्माणका लागि महानगरपालिकाकाे थप रकम निकासा
गोरखापत्र अनलाइन ,
माघ ९, २०७६ बिहीबार
भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप सत्तल निर्माणका लागि काठमाडौँ महानगरपालिकाले थप रकम दिएको छ । बिहीबार काष्ठमण्डप पुननिर्माण समितिलाई महानगर प्रमुख विद्यासुन्दर शाक्यले पाँच करोड रुपियाँको चेक हस्तान्तरण गर्नुभयो ।