सुन्नै मुस्किल हुटिट्याउँको ट्याउँ ट्याउँ, घटे फिरन्ते चरा
रासस
माघ ९, २०७६ बिहीबार
तालैतालको शहर हो पोखरा । यहाँका नौ वटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदी लगायतका खोलानाला महत्वपूर्ण जलाधार क्षेत्र हुन् ।
पर्याप्त जलाशयका कारण उक्त क्षेत्र चराचुरुङ्गीको रोजाइमा पर्छ । पछिल्ला वर्षमा पोखरा र आसपासमा चरा हेर्न पर्यटक आउनेक्रम वर्षेनी बढ्दो छ । विगतमा निकै पाइने चराचुरुङ्गी वर्षेनी घट्दै जानु चासो र चिन्ताको विषय बनेको छ ।