छ लाख पर्ने बाइकको मूल्य तीन लाख, चोरीको बाइकमा नक्कली ब्लूबुक !
केटिएम डुग २५० सिसीको बाइकको मूल्य बजारमा यतीबेला पाँच लाख ८९ हजार पर्छ । सोही बाइक बिलबुक सहित तीन लाख रुपैयामा पाउनुहुन्छ भने त्यो खरिद गर्नुहुन्छ की हुँदैन । त्यस्तै फन्दामा परे काभ्रे बनेपाका कुन्दन ढुंगाना । चीनजानको साथीले ६ लाख मूल्य पर्ने केटिएम डुक बाइक तीन लाखमै पाउने भनेपछि उनले आँखा चिम्लिएर तीन लाख तिरेर बाइक किने । उनले तीन लाखमा पाएको बाइकको नंम्बर थियो बा९८प ५८७ । ढुंगानाले पौषको अन्तिम साता बाइक पास...
पश्चिममा वर्षा र हिमपात
पश्चिमी न्यून चापीय वायुको प्रभावले सोमबार अपराह्नबाट देशको पश्चिमी भू–भागका अधिकांश स्थानमा बदली भई उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लाइसेन्स बनाइदिन्छु भन्दै रकम लिँदा पक्राउ
नेपाल प्रहरीले रकम लिएर सवारी अनुमतिपत्र (लाइसेन्स) बनाइदिने एकजनालाई पक्राउ गरेको छ ।
भूमिहीन भूकम्पपीडितको समस्या समाधान गर्न माग
भूमिहीन, गुठी, वन, सार्वजनिक जग्गामा बस्ने भूकम्पपीडितको समस्या समाधान गर्न नीतिगत व्यवस्था गर्न उपत्यकाका नगरपालिकाका जनप्रतिनिधिले माग गर्नुभएको छ ।
नदीको अवैध उत्खनन रोक्न ध्यानाकर्षण
राष्ट्रिय सभा बैठकमा सांसदहरू अवैधरूपमा नदी उत्खननलाई रोक्न सरकारलाई ध्यानाकर्षण गराइएको छ । आइतबार बसेको बैठकमा सांसदहरूले धनुषा जिल्लाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा भएको अवैध उत्खननको विरोध गर्ने दिलीपकुमार महतोलाई टिपरले किचेर मारेको प्रसङ्ग जोड्दै प्रहरी प्रशासन गैरजिम्मेवार भएको आरोपसमेत लगाएका छन् ।