विजुली बलेपछि स्थानीयमा खुसियाली
गोरखापत्र अनलाइन ,
पुष २६, २०७६ शनिबार
राष्ट्रिय विद्युत प्रशारण लाईन विस्तारसँगै उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं. ५ र १ का बासिन्दाले विजुली बत्ती बाल्न पाएका छन् । हजारे सामुदायिक वन उपभोक्ता समुह र महाकाली सामुदायिक वन उपभोक्ता समूहसमेतको पहल र लगानीमा विद्युत प्राधिकरणले लाईन विस्तार गरेपछि बासिन्दाले बत्ति बाल्न पाएका हुन् । गाउँमा पहिलोपटक बत्ति बाल्न पाउदा स्थानीय बासिन्दा खुसी छन् ।