लुम्बिनीमा बौद्ध धर्मको त्रिपिटक वाचन शुरु
गोरखापत्र अनलाइन ,
कार्तिक २८, २०७६ बिहीबार
बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचन आजदेखि शुरू भएको छ । त्रिपिटक वाचन कार्यक्रमको प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, सांसद सुजिता शाक्य, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी, थाइल्याण्डका पूर्वमन्त्री कुनिन सुधारतले संयुक्तरूपमा दीप प्रज्वलन गरी शुभारम्भ गर्नुभयो ।