logo
२०८१ मंसिर १० सोमवार



बल्ल मिल्यो राहत बाजुराका स्याउ किसानलाई

खुला |


बल्ल मिल्यो राहत बाजुराका स्याउ किसानलाई


 

बाजुरा समाचारदाता

बाजुरा, कात्तिक २९ गते । स्याउ टिपेर सधैँ गाईगोरु, भैँसीलाई खुवाउँदै गरेका बाजुराका स्याउ किसानले यति बेला भने बोटमै तीस लाखभन्दा बढीको स्याउ बिक्री गरेका छन् ।
बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने जगनाथ, स्वामिकार्तिक, गाउँपालिका र बूढीनन्दा नगरपालिकाका कृषकले उत्पादन गर्दै आएको स्याउ अनुसा कन्स्ट्रक्सन प्रालिले बारीबाट नै खरिद तथा ढुवानी गरिदिएपछि उनीहरूले तीस लाखभन्दा बढीको स्याउ बिक्री गरेका हुन् ।
कृषि ज्ञान केन्द्र बाजुराले स्याउ ढुवानी अनुदानको व्यवस्था मिलाएपछि सो कन्स्ट्रक्सनले उनीहरूको स्याउ बारीमै गएर खरिद गरिदिएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताउनुभयो । उहाँले भन्नुभयो, बाजुराको पूर्वोत्तर क्षेत्रको जगन्नाथ, स्वामिकार्तिक, गाउँपालिका र बूढीनन्दा नगरपालिका स्याउ कृषकले उत्पादन गरेको स्याउलाई उक्त कम्पनीले उनीहरूकै स्याउ बारीमै गएर प्रतिकिलोे २५ रुपियाँका दरले खरिद गरेपछि किसानले बारीमै तीस लाखभन्दा बढी रकम आम्दानी गरेका हुन् । सो क्षेत्रमा उत्पादन भएको स्याउ ढुवानीका लागि कृषि ज्ञान केन्द्र बाजुराले अनुदानको सूचना जारी गरेपछि बाजुरामा रहेको अनुसा कन्स्ट्रक्सन प्रालिले उनीहरूको स्याउ बारीबाट प्रतिकिलो २५ का दरले खरिद गरेको हो ।
उहाँले भन्नुभयो, हामीले जिल्लामा उत्पादन भएका जुनसुकै वस्तु एकद्वार प्रणालीबाट देशका विभिन्न स्थानमा लैजाने उद्देश्यले गत आर्थिक वर्षबाट बाजुरा कोसेली घरको स्थापना गरेका छौँ । किसानले उत्पादन गरेका अर्गानिक वस्तु सहजै कोसेली घरमा आउने गरेको छ । स्याउ पनि यसै कोसेली घरमा जम्मा भएपछि अहिले देशका विभिन्न ठाउँमा बिक्री वितरण भएर बाजुराको पहिचान गरिएको छ । सात सय क्विन्टल स्याउ देशका विभिन्न सहरमा पु¥याएपछि ६० लाखभन्दा बढीको कारोबार भएको सूचना अधिकारी जैसीको भनाइ छ । यी स्याउ काठमाडाँै, चितवन र नेपालगञ्जमा ६० क्विन्टल, धनगढीमा एक सय क्विन्टल र अन्य बाजुराका विभिन्न स्थानमा बिक्री वितरण भएको केन्द्रका सूचना अधिकारी जैशीले जानकारी दिनु भयो । व्यापारिक सहर धनगढीबाट बाजुरामा ल्याउने स्याउको प्रतिकिलो १५० र बाजुरामै उत्पादन गरेको अर्गानिक स्याउको प्रतिकिलोको ८५ रुयियाँमा बिक्री भएको थियोे ।
यो वर्षमा जिल्लाभन्दा बाहिर कुल सात सय क्विन्टल स्याउको कारोबार भएको छ । जिल्लाको जगनाथ, स्वामिकार्तिक बूढीनन्दा नगरपालिकामा मात्र स्याउ उत्पादन हुने गर्दछ् । यो वर्ष त्यहाँ १३ सय क्विन्टल स्याउ उत्पादन भएको छ । गत वर्ष बाजुराको गौमुल गाउँपालिकामा पनि नयाँ प्रविधिबाट स्याउ खेती सुरु गरेको छ ।
जिल्लाको गौमुल गाउँपालिकाको कृषि विकास शाखाले परीक्षणका रूपमा नयाँ प्रविधिको फुजी, गाला र गोल्डेन जातको स्याउ खेतीको सुरुवात गरेको हो ।
यो जातको स्याउ अरू स्याउभन्दा राम्रो र बढी मूल्य पर्न सक्ने र अरूभन्दा बढी पोषक तìव भएकोले गौमुल गाउँपालिकाको कृषि विकास शाखाले एग्रो मनाङ प्रालिसँग समन्वय गरेपछि गौमुल गाउँपालिका–१, अन्द्रारीमा नयाँ प्रविधिमा स्याउ खेती सुरु गरिएको हो । मनाङ जिल्लाको एग्रो मनाङ प्रालिले नेपालमा भिœयाएको र त्यसपछि बाजुराको कृषि विकास शाखाले पनि एग्रो मनाङलाई समन्वय गर्दै बाजुरामा ल्याएको गौमुल गाउँपालिकाको कृषि विकास शाखा प्रमुख रमेशराज विकले बताउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?