जीप दुर्घटनाका घाइते र मृतकका परिवारलाई गाउँपालिकाको सहयोग
गोरखापत्र अनलाइन
माघ ५, २०७८ बुधबार
लमजुङको मस्र्याङ्दी गाउँपालिकाले जीप दुर्घटनाका घाइते तथा मृतकका परिवारलाई आर्थिक सहयोग गरेको छ ।
पालिकाले घाइते तथा मृतकको घरमै पुगेर आर्थिक रकम हस्तान्तरण गरेको हो । गत मंसिर २३ गते मस्र्याङ्दी गाउँपालिका वडा ८ भुष्मेमा भएको जीप दुर्घटनाका घाइते तथा मृतकका परिवारलाई गाउँपालिकाका तर्फबाट आर्थिक सहयोग गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।