शिलान्यास गरिएका सातवटा अस्पताल अलपत्र
गोरखापत्र अनलाइन
माघ ५, २०७८ बुधबार
स्थानीय तहमा बजेट नपठाउँदै शिलान्यास गरिएका बैतडीका सात वटा स्थानीय तहका अस्पताल बजेट अभावमा अलपत्र परेका छन् । गत वर्ष बैतडीको पुरचौडी नगरपालिका, पाटन नगरपालिका, डिलासैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिका गरी सात स्थानीय तहमा १० शैय्या र १५ शैय्याका अस्पताल एकै दिन शिलान्यास गरिएका थिए ।