महाधिवेशन स्थल रङ्गीचङ्गी
देवबहादुर कुँवर
मंसिर २६, २०७८ आइतवार
नेपाली काँग्रेसको १४औँ महाधिवेशन स्थल भृकुटीमण्डप र प्रदर्शनीमार्ग क्षेत्र शनिबार रङ्गीचङ्गी तथा मनोरञ्जन स्थलमा परिणत भएको छ ।
पार्टीको केन्द्रीय कार्यसमितिअन्तर्गत विभिन्न पदका उम्मेदवारले चुनाव प्रचार–प्रसारमा मौलिक कला संस्कृति समेटिएको झाँकी तथा नृत्य प्रयोग गरेका देखिन्थे । मतदातासँग भोट माग्न प्रयोग गरिएका पर्चा, पम्प्लेट, तुल, ब्यानर तथा बोर्डभन्दा प्रचार–प्रसारमा प्रयोग गरिएका फरक शैली, भेषभूषा,...