तिहारलाई कोसेली ‘पाल्पाली ढाका’
रासस
कार्तिक १७, २०७८ बुधबार
‘चोली राम्रो पाल्पाली ढाकाको, हेराइ राम्रो मायालु आँखाको’ । प्रसिद्ध गायिका कुन्ती मोक्तानको कर्णप्रिय यो गीत सुन्दा सबैलाई पाल्पाली ढाकाको झझल्को आउँछ ।पाल्पा भनेपछि ढाका कपडा सबैका मन मस्तिष्कमा छाएकै हुन्छ । अझ विशेषगरी चाडपर्वका समयमा पाल्पाली ढाकामा ग्राहकको आकर्षण बढ्छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई कोसेलीका रुपमा ढाका कपडाबाट उत्पादित सामान दिने चलन छ । अहिले पाल्पाका ढाका पसलमा तिहारलाई सामान किनमेल...