लमजुङ महोत्सवमा मर्स्याङदी सि गुठी उत्कृष्ट
गोरखापत्र अनलाइन
चैत्र २६, २०७८ शनिबार
सातौं लमजुङ महोत्सवमा निकालिएको झाँकी र्याली प्रदर्शनीमा बेंसीशहर नगरपालिका–८ का मर्स्याङदी सि गुठी उत्कृष्ट भएको छ ।
बेंसीशहर नगरपालिका–८ दनाईफाँटबाट, सेराचोक, झिंगेखोला, नारायणस्थानचोक, भिमसेनस्थान चोक, पुरानो बैंक चोक, हाईस्कुल चोक, मनांगे चौतारा हुँदै सहजी बसपार्कसम्म र्याली निकालिएको थियो ।