मेलम्ची मर्मतको काम सुरु भएन, चैतमा पानी झार्न कठिन
छेटु शेर्पा
मंसिर २१, २०७८ मंगलवार
गत असार १ गते गएको बाढीपहिरोले क्षति पुर्याएपछि मेलम्चीको पानी काठमाडौँ ल्याउन थप समस्या भएको छ । मेलम्ची खानेपानी आयोजनाले बाढी र पहिरोले क्षति गरेको क्षेत्रमा अस्थायी मर्मतपछि चैत भित्र पानी ल्याउने लक्ष्य राखेको थियो । मर्मतको काम सुरु नहुँदा लक्ष्य पूरा हुन कठिन हुँदै गएको छ । केही समय पहिले खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको मुहानसम्मै निरीक्षण गरेर अस्थायी रुपमा काम गरेर भए पनि तत्काल उपत्यकामा...