सुनकोशीमा बढ्दो नदी दोहन, दैनिक फेरिन्छ धार,-याफ्टिङमा समस्या
गोरखापत्र अनलाइन
चैत्र १२, २०७७ बिहीबार
राजधानी काठमाडौबाट सबैभन्दा नजिकको पर्यटकीय ‘डेस्टिनेसन’को रुपमा परिचित सुनकोशी नदी करिडोरमा नदी दोहनकै कारण पर्यटन ब्यवसायमा असर परेको ब्यवसायीहरुले गुनासो गरेका छन् । पर्यटकीय क्षेत्र सुकुटेका ब्यवसायीहरुले ¥याफ्टिङ गराउँदा दैनिक फरक फरक नदीको बहाव बनाइएकोमा आपत्ति जनाएका छन् । प्राकृतिक सम्पदालाई नबिगार्न पर्यटन ब्यवसायीहरुले आग्रह गरेका छन् । बढ्दो नदी दोहनले पर्यावरणमा समस्या सिर्जना हुने र पर्यटकीय...