पूर्वको पर्यटकको आकर्षणको केन्द्र बर्जु ताल
रासस
पुष २९, २०७७ बुधबार
मुलुकमा सङ्घीयता आइसकेपछि स्थानीय तहमा लुप्त अवस्थामा रहेका तालतलैया, धार्मिक स्थल, पुरातात्विक महत्वको स्थानले ग्राह्यता पाउन थालेको छ । तराईमा सबैभन्दा ठूलो मानिएको प्रदेश नं १ को सुनसरीस्थित बर्जु तालको प्रचारप्रसारबाट सो ताल अवलोकन गर्न आन्तरिक तथा विदेशी पर्यटनको ओइरो लाग्न थालेको छ ।
खासगरी पहाडी क्षेत्रमा मात्र पाइने ताल तराईमा रहेकाले यस तालको बेग्लै आकर्षण र महत्वले गर्दा दिन प्रतिदिन अवलोकन गर्न आउने...