फस्टाँउदै ग्रामीण पर्यटन, कोभिडपछि आन्तरिक पर्यटन चलायमान
गोरखापत्र अनलाइन
माघ ७, २०७७ बुधबार
प्रकाश राईलाई यतिबेला पाहुनाको भीड थेग्न मुस्किल छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका २, छिनामखुका राईले ५ वर्षअघि करिब १५ लाखको लगानीमा जिल्लामै पहिलोपटक ‘गोठेसिं होमस्टे’ सञ्चालनमा ल्याउनुभएको हो । अग्लो स्थान, रमणीय वातावरण, स्वच्छ हावापानीसंगै अग्र्यानिक खानाबाट आगन्तुकहरुलाई सन्तुष्ट तथा नयाँ स्वाद दिन राईले होमस्टे सञ्चालनमा ल्याउनुभएको हो ।