पोखराको मौसम त खुल्यो तर खुलेन पर्यटन व्यवसायीको मन
रासस
मंसिर २, २०७७ मंगलवार
मौसमले यतिबेला निकै साथ दिएको छ पोखरालाई । टलक्क टल्केको माछापुच्छ«्रे हिमालको छायाँ फेवातालमा निकै आकर्षक देखिन्छ । पहिलो पटक आउने हुन् या पटक–पटक यो दृश्य देख्दा उनीहरुबाट निस्किने पहिलो शब्द हो “वाउ पोखरा !”
पोखराको सौन्दर्यसँग जोडिएको विशेष आकर्षण भनेकै हिमाल र ताल हुन् । अनि भू–गर्भबाट कलकल बग्ने सेती, उत्तरतर्फ देखिने माछापुच्छ्र«े, अन्नपूर्ण र धौलागिरि हिमशृङ्खला यहाँका थप आकर्षण । फेवा, रुपा, वेगनास, गुँदे,...