लुक्लामा एक सातादेखि हवाई उडान ठप्प, उपभाेग्य वस्तुकाे अभाव हुँदै
गोरखापत्र अनलाइन
भाद्र १२, २०७८ शनिबार
निरन्तरको बर्षातका कारण तेन्जिङ हिलारी विमानस्थल लुक्लामा सात दिनदेखि हवाई उडान ठप्प हुँँदा लुक्ला सहित आसपासका क्षेत्रमा तरकारी तथा फलफूलको अभाव भएको हो ।
सोलुखुम्बुको पर्यटकीय क्षेत्र लुक्लामा बाक्लो कुहिरो सहितको वर्षाका कारण हेलिकोप्टर तथा जहाजले आठ िदनयता उडान भर्न नसक्दा मासु, अण्डा, तरकारी सहित फलफूल भित्रिन नपाएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख मुकेशराज दहालले जानकारी दिनुभयो ।