मनकामना र गोरखकाली मन्दिर खुले, केबलकार पनि सञ्चालनमा
गोरखापत्र अनलाइन
भाद्र २३, २०७८ बुधबार
कोरोना संक्रमणका कारण धार्मिक स्थलमा लगाएको प्रतिबन्ध हटाइएपछि मनकामना, गोरखकाली र गोरखनाथ मन्दिर सञ्चालमा आएका छन् । ‘बिहान नियमित पूजा गरेर सर्वसाधारणहरुलाई पनि सर्वसधारणको भाकल एवं पूजा सुरु गरेयौं, मूलपुजारी थापाले भन्नुभयो,‘स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर तत्कालका लागि मन्दिर बाहिरको झ्यालबाट पुजा सामाग्री दिने गरी ब्यवस्था मिलाएको छ । सोही अनुसार हामीले पूजाआजा सुरु गरेका छौं ।’