न कुनै लक्षण थाहा भयो, न त कुनै असर
गोरखापत्र अनलाइन ,
बैशाख २८, २०७७ आईतवार
साउदी अरबबाट घर फर्केको ४६ दिनपछि कोरोना (कोभिड–१९)संक्रमण देखिएपछि अस्पताल भर्ना गरिनु भएका भोजपुरका उपेन्द्र राईले कोरोनाको असर बुझ्नै नपाई डिस्चार्ज हुनुभयो ।
भोजपुर हतुवागडी–६ का २६ वर्षीय राई वैशाख १३ गतेदेखि अस्पतालमा उपचारत भई आइतबार डिस्चार्ज हुनुभएको हो । तर, उहाँले संसारलाई असर पु¥याइरहेको कोरोनाले आफ्नो स्वास्थ्यमा कुनै प्रभाव नपारेको बताउनुभयो ।