भारतमा मजदुरी गर्न गएका तीन जनाको शङ्कास्पद मृत्यु
गोरखापत्र अनलाइन
कार्तिक १२, २०७८ शुक्रबार
सर्लाहीबाट मजदुरीका लागि भारत पुगेका तीन मजदुरको शङ्कास्पद मृत्यु भएको छ । भारतको उत्तरप्रदेशस्थित आलु भण्डारण गरेर राखिने कोल्ड स्टोरमा काम गर्न पुगेका चन्द्रनगर गाउँपालिका– ६, कामदका दुई जना र ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका एक मजदुरको मृत्यु भएको हो ।