जग्गाको लालपूर्जा पाएपछि स्थानीय दङ्ग
गोरखापत्र अनलाइन
आश्विन २४, २०७८ आईतवार
सर्लाहीको बरहथवा नगरपालिका– ९, मूर्तियामा गाउँ ब्लकमा पर्ने जग्गाको जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएपछि गाउँबासी दङ्ग भएका छन् । नापी कार्यालय मलङ्गवाले मूर्तियास्थित वडा कार्यालयसँग समन्वय गरी गाउँ ब्लक जग्गामा संयुक्त रुपमा बसोबास गर्दै आइरहेकाहरुलाई ५९ थान लालपुर्जा प्रदान गरेको हो ।