हेटौडाको ज्यामिरेमा जङ्गली हात्तीको आतङ्क
गोरखापत्र अनलाइन
कार्तिक ८, २०७८ सोमबार
जङ्गली हात्तीले पर्सा राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने मनहरी गाउँपालिका ९ ज्यामिरेस्थित बलौटा टोलमा तीनवटा घर भत्काएको छ । निकुन्ज क्षेत्रबाट आएको जङ्गली हात्तीले स्थानीय कमल गोपाली, इश्वर कार्की र शान्ति लामाको घर भत्काएको हो ।