बाबुराम देवकोटा
सिन्धुलीमाढी, कात्तिक ११ गते । सिन्धुलीमा रहेका नौ वटा स्थानीय तहमध्ये सात वटा स्थानीय तहमा नेकपा (एमाले) को अधिवेशन सम्पन्न भएको छ ।
दुई वटा नगरपालिका र सात वटा गाँउपालिका रहेको सिन्धुलीमा विहिबारसम्म कमलामाई नगरपालिका र हरिहरपुरगढी गाँउपालिकामा एमालेको स्थानीय तह अधिवेशन हुन बाँकी छ । बाँकी स्थानीय तहमा लामो छलफलपछि सर्बसम्मत नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको सो पार्टीले जनाएको छ ।
एमालेकाअनुसार दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, गोलन्जोर गाउँपालिका, सुनकोसी गाउँपालिका, घ्याङलेख गाउँपालिका र मरिण गाउँपालिकामा अधिवेसन सम्पन्न भएको हो । कमलामाई नगरपालिकामा बिहिबार पनि सर्बसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ । हरिहरपुरगढी गाँउपालिकामा कात्तिक १३ गतेदेखि अधिवेशन सुरु हुने जनाइएको छ ।
स्थानीय तह अधिवेशनले दुधौली नगरपालिकामा लक्ष्मण कार्की, तीनपाटन गाउँपालिकामा छत्र दाहाल, फिक्कल गाँउपालिकामा रामप्रसाद भण्डारी, गोलन्जोर गाँउपालिकामा रेगनराज थापा, सुनकोसी गाँउपालिकामा रोमराज गिरि, घ्याङलेख गाँउपालिकामा चतुर्मान् लो र मरिण गाँउपालिकामा श्रीलाल माझीको अध्यक्षतामा ७५ सदस्यिय स्थानीय तहको कमिटि चयन गरेको पार्टीका जिल्ला उपसचिब महेन्द्रदेव श्रेष्ठले जानकारी दिनुभयो ।
कमलामाई नगरपालिकामा अध्यक्ष, उपाध्यक्ष, सचिब र उपसचिब गरी चार पदमा १९ जना आकांक्षी देखिएपछि सर्बसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको श्रेष्ठले जानकारी गराउनुभयो ।