हेटौँडाको पशुपति मन्दिरमा दर्शनार्थीको भीड
रासस
फाल्गुन १७, २०७८ मंगलवार
हिन्दूहरूको महान् पर्व शिवरात्रिका अवसरमा आज हेटौँडा उपमहानगरपालिका–४ कर्रामा रहेको पशुपतिनाथ मन्दिरमा आज बिहानदेखि हिन्दू धर्मावलम्बी दर्शनार्थी पूजाआजका लागि भीड लागेको छ ।
पूजाका लागि जल, बेलपत्र, पुष्प (फूल), अक्षता, दूध, दही, मिष्ठानधुप र अगरबत्तीलगायत सामग्री लिएर बिहानैदेखि महिला, पुरुष, वृद्धवृद्धा र बालबालिका पूजाका लागि लाइनमा लागेर भगवान् शिवको पूजाआरधाना गरिरहेका छन् ।