logo
२०८१ बैशाख १३ बिहीवार



हेटौँडाको पशुपति मन्दिरमा दर्शनार्थीको भीड

प्रदेश |


हेटौँडाको पशुपति मन्दिरमा दर्शनार्थीको भीड


बागमती, फागुन १७ गते । हिन्दूहरूको महान् पर्व शिवरात्रिका अवसरमा आज हेटौँडा उपमहानगरपालिका–४ कर्रामा रहेको पशुपतिनाथ मन्दिरमा आज बिहानदेखि हिन्दू धर्मावलम्बी दर्शनार्थी पूजाआजका लागि भीड लागेको छ ।

पूजाका लागि जल, बेलपत्र, पुष्प (फूल), अक्षता, दूध, दही, मिष्ठानधुप र अगरबत्तीलगायत सामग्री लिएर बिहानैदेखि महिला, पुरुष, वृद्धवृद्धा र बालबालिका पूजाका लागि लाइनमा लागेर भगवान् शिवको पूजाआरधाना गरिरहेका छन् ।

कोरोना महामारीका कारण विगत दुई वर्षदेखि बन्द रहेको सो मन्दिर यसपटक खोलिएपछि हर्षाेल्लासका साथ भक्तजन पूजाका लागि व्यस्त रहेको पाइएको छ । हाल त्यहाँ मेला लागेको छ भने भजनकीर्तनसमेत भइरहेको छ । यसैगरी हेटौँडाको फरेष्टी कलेज हातामा रहेको शिव मन्दिरलगायत सहरका अन्य शिव मन्दिरमा पूजाआजा भइरहेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?