फोनको घण्टी बज्दा तर्सिन्छन् बन्दीपुरका होटल व्यवसायी
गोरखापत्र अनलाइन
आश्विन ९, २०७८ शनिबार
फोनको घण्टी बज्दा खुसी हुनेगरेका तनहुँ बन्दीपुरका पर्यटन व्यवसायीहरु अहिले तर्सिन थालेका छन् । कोरोनाको प्रभावअघि ट्राभल्स एजेन्सीहरु, पर्यटकहरुले होटल बुकिङका लागि फोन गर्दा खुसी हुनेगर्थे । तर अहिले बैंक, वित्तिय सस्था तथा साहुहरुले भुक्तानीको ताकेता गरेकाले तनावमा परेका हुन् ।