बुद्धशान्ति पदमार्गमा व्यास नगरपालिकाको चासो
गोरखापत्र अनलाइन ,
भाद्र २८, २०७६ शनिबार
गण्डकी प्रदेशको मनाङदेखि प्रदेश नं ५ को लुम्बिनीसम्म जोड्ने बुद्धशान्ति पदमार्गको विकासका लागि व्यास नगरपालिकाले चासो देखाएको छ । पदमार्गको बारेमा जानकारी गराउँदै पदमार्ग विकासका लागि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरकारी एवं गैरसरकारी संघसंस्थाको सहयोग, सहभागिता र प्रतिबद्धता जनाउने उद्देश्यसहित नगरपालिकाले पदमार्गअन्तर्गत पर्ने स्थानीय तहका प्रमुख एवं प्रतिनिधिलाई बन्दीपुरमा भेला गराएर अन्तरजिल्ला...