बाँकेको ‘कर्णाली’ भनेर चिनिने नरैनापुर बघौडा यसरी बन्यो ‘सुगम’
गोरखापत्र अनलाइन
आश्विन ३१, २०७८ आईतवार
केही वर्ष पहिलेसम्म बाँकेको कर्णाली भनेर चिनिने नरैनापुर बघौडा क्षेत्रको परिचय अहिले फेरिएको छ । सडक तथा विद्युतको अभावमा जिल्लाको ‘कालापानी’ र ‘कर्णाली’ को नामले चिनिने नरैनापुर बघौडा क्षेत्र अब सुगम क्षेत्रको रुपमा चिनिन थालेको छ ।
यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य र विकासका पूर्वाधारका सुविधा नभएको सो क्षेत्रमा सडक र विद्युत पुगेपछि हाल आएर परिचयनै फेरिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले...