भरतपुर महानगरमा एक हप्ताका लागि लकडाउन
रासस
श्रावण ३०, २०७७ शुक्रबार
भरतपुर महानगरपालिका क्षेत्रभित्र तीनदिनमा २३ जना कोराना सङ्क्रमित पुष्टि भएपछि महानगरपालिका क्षेत्र एकहप्ता लकडाउन गरिने भएको छ ।
महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले कोरोनाको सङ्क्रमण, नियन्त्रण, उपचार, व्यवस्थापनका लागि आज राति १२ बजेदेखि एक हप्ताका लागि लकडाउन गर्ने निर्णय गरेको हो । महानगरभित्र कोरोना तीव्र गतिमा बढेसँगै जोखिमलाई मध्यनजर गर्दै लकडाउनको...