एघार जनाको शव फेला, २७ अझै बेपत्ता
गोरखापत्र अनलाइन ,
श्रावण ३०, २०७७ शुक्रबार
सिन्धुपाल्चोकको जुगल गाँउपालिका–२ लिदीमा पहिरामा पुरिएका ११ जनाको शव फेला परेको छ । सो कुराको जानकारी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधवप्रसाद काफ्लेले दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी र स्थानियले निरन्तर खोजी कार्य जारी राखेका छन् । ‘पुरिएको अवस्थामा ११ वटा शव भेटिएको छ । अन्यको खोजीकार्य जारी छ ।’ जुगल गाँउपालिका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिनुभयो । पहिरोले लिदी गाँउका ३७ घरमा क्षति पु¥याएको...