पोखरामा ११ सहित गण्डकीमा थप १८ जनामा कोरोना सङ्क्रमण
गोरखापत्र अनलाइन ,
श्रावण ३१, २०७७ शनिबार
पोखरा महानगरपालिकामा शनिबार ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिकाको वडा नं १, ५, ८, १४, १०, २७,१७ गरी सात वटा वडामा ११ सङ्क्रमित भेटिएका हुन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार बिहान दिएको जानकारी अनुसार सबै सङ्क्रमित पुरुष रहेका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार गणडकी प्रदेशमा योसहित १८ जना थपिएका छन् । तनहुँका दुई जना, बागलुङका दुईजना, गोरखा, स्याङजा र नवलपुरका एक एक जनामा...