क्यान्टोन्मेन्टबाट रित्तै फर्किएँ, विदेश भासिएँ, कृषि क्रान्तिमा होमिएँ
रासस
श्रावण १७, २०७७ शनिबार
भनिन्छ– ‘सङ्घर्षले मानिसलाई जीवन जिउन सिकाउँछ ।’ बागलुङ गलकोटका सूर्य कुँवरले सानै उमेरमा सङ्र्घष रोज्नुभयो । त्यसैले होला ३० वर्षीय कुँवरको जीवनमा ठूलै उतार चढाव आइसकेको छ । तर गलकोट नगरपालिका–१ दुदिलाभाटीका कुँवर जस्तोसुकै दुःखमा पनि विचलित हुनुभएन । न्याय र समानताको लडाइँ लड्ने भन्दै १४ वर्षकै उमेरमा दुदिलाभाटीको सरस्वती माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत कुँवर तत्कालीन माओवादीद्वारा शुरु सशस्त्र...