हुम्लामा अज्ञात रोगले ५० पशुवस्तु मरे
रासस
श्रावण १६, २०७७ शुक्रबार
एक सातादेखि फैलिएको अज्ञात रोगले हुम्लाको चंखेली गाउँपालिकामा ५० पशुवस्तु मरेका छन् । अचानक पशुवस्तुको छाती सुनिने, घाँस नखाने, ¥याल छोड्ने रोगले अहिलेसम्म छ भैँसी, छ दुहुनागाई र अन्य पशुवस्तु मरेको चंखेली–२ भट्टेबाडाका वृष धितालले जानकारी दिनुभयो । “असार २० पछि फैलिएको उक्त रोगले अहिलेसम्म चंखेलीको दार्मा, मिमी, भट्टेबाडालगायत क्षेत्रका कृषकका ५० भन्दा बढी पशुवस्तु मरेको खबर हामीले पाएका छौँ”, धितालले भन्नुभयो,...