logo
२०८१ बैशाख २६ बुधवार



सुदूरपश्चिममा ५३ जना कोरोना सङ्क्रमित थपिए

फिचर |
प्रदेश |


सुदूरपश्चिममा ५३ जना कोरोना सङ्क्रमित थपिए


अविनाश चौधरी
धनगढी, साउन १७ गते । सुदूरपश्चिम प्रदेशमा शनिबार थप ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २८९ स्वाब नमूना परीक्षण गर्दा २० महिला र ३३ पुरुषको गरी ५३ जनाको रिपोर्ट पोजिटिभ आएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
अस्पातलका अनुसार सबैभन्दा बढी कैलालीको गोदावरी नगरपालिकामा २७ जना सङ्क्रमित फेला परेका छन् । जसमध्ये दुई र छ वर्षकी बालिका र पाँच र आठ वर्षका बालक पनि छन् ।
यसैगरी, बझाङको थालारा गाउँपालिकामा नौ महिनाकी बालिकासहित १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बझाङकै जयपृथ्वी नगरपालिकामा, दुर्गाथली गाउँपालिका, छब्बीस पाथिभेरा गाउँपालिकामा तीन/तीन र मष्टा गाउँपालिकामा दुई जनामा कोरोना पुष्टि भएको छ ।
यसैगरी, कैलालीको भजनी नगरपालिकामा पनि तीन जना सङ्क्रमित थपिएका छन् । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ३४५ पुगेको छ । कुल सङ्क्रमितमध्ये तीन हजार आठ सय जना कोरोना जितेर घर फर्किसकेका छन् । कोरोनाका कारण यो प्रदेशमा हालसम्म नौ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
बन्दाबन्दी खुलेर मान्छेको ओहोरदोहोर बढेपछि यो प्रदेशमा फेरि नयाँ सङ्क्रमण वृद्धिदरमा ह्वात्तै वृद्धि भएको छ । बन्दाबन्दी खुलेका कारण समुदायमा कोरोना फैलिने खतरा उच्च भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?