सङ्क्रमितको सङ्ख्या कम हुँदै, आइसोलेसनमा १७ जना
गोरखापत्र अनलाइन
असार ३१, २०७७ बुधबार
गोरखामा कोरोना सङ्क्रमणको दर घट्दैगएको छ । सङ्क्रमण कम र निको हुने दर बढी भएसँगै यहाँका आइसोलेसन खाली हुन थालेका छन् ।
विगत एक साता यता न्यून सङ्ख्यामा सङ्क्रमण देखिएको छ । मङ्गलबार एक र बुधबार एक गरी दुई जना सङ्क्रमित थपिएका छन् । हालसम्म कुल १०२ जनामा सङ्क्रमण देखिएको यहाँ मङ्गलबारसम्म ८५ जना निको भएका छन् । मङ्गलबार मात्र २५ जना कोरोनामुक्त भएसँगै घर गएका छन् । क्वारेन्टाइनसहितको आइसोलेसन केन्द्र गोरखा क्याम्पस...