कोही झिटीगुण्टा बोकेर भौतारिँदै, कोही थातथलो हेरेर टोलाउँदै
गोरखापत्र अनलाइन ,
असार ३०, २०७७ मंगलवार
पोखरा-२६, बुढीबजारनजिकैको पैते गाउँ सुनसान छ । करिब दुई दशक अघिदेखि बसेको मानवबस्तीकाे दिनचर्या र चहलपहल गत बिहीबारको दिन टुङ्गिएको छ । रातभरको वर्षापछि आएको पहिरोले त्यस गाउँमा छरिएर रहेका ४० घर परिवारको बास उठेको छ । ती घरका करिब २०० जाना अहिले गाउँकै बेंसीमा रहेको स्थानीय अमरज्योति आधारभूत विद्यालयमा आश्रय लिइरहेका छन् । बन्दाबन्दीका करण लामो समयदेखि बन्द अवस्थामा रहेको उक्त विद्यालयमा भएका छ वटा कोठा तिनै विस्थापितले...