मौसम उघ्रेसँगै जनजीवन सामान्य हुँदै
रासस
श्रावण १, २०७७ बिहीबार
लगातारको झरी वर्षाले वाक्कदिक्क भएका महोत्तरीवासी बल्ल सामान्य जीवनमा फर्कँदैछन् । पछिल्ला छ दिनदेखिको मुसलधारे वर्षापछि मौसम सफा भएसँगै बल्ल सामान्य हुन थालेका हुन् । गत बुधबारयता छ दिनको लगातारको मुसलधारे वर्षाले जताततै जलमग्न बनाएपछि डुबान र कटानले घरखेत बगाउने त्रास छाएको थियो ।
“बल्ल दुई दिनदेखि उघ्रेको छ, हामी त घरमै कुँजिएका थियौँ”, पानीले ढाकेको घरआँगन देखाउँदै जलेश्वर नगरपालिका–१ का सुधिर साहले भन्नुभयो,...